मेरा परदेशी साथीलाई पत्र ।।
म तिम्रै सुभचिन्तक साथी, मन अमिलो पार्दै यो पत्र लेख्दैछु।
चीनबाट बिद्यार्थी आउँदा भक्तपुर जिल्लालाई तनाब भयो , भारत र नेपालीको साँधमा महिनौ बाटोमा बसेर आमाको क्रियाकर्म गरे धेरै नेपालीले। अहिले काठमाडौँमा अस्पतालमा काम गर्ने कर्मचारी ,प्रहरी र सेना जो रातदिन हाम्रा लागि लागि काम गरिहेका छन् । उनीहरुलाई घरमालिकले बस्न नदिने अवस्था छ । नंया पाहुनाको त कुरौ छोडौ । सबै होटेल, रेस्टुरेन्ट बन्दछन् , तिमी हामी जन्मेको घर टोल, प्रदेश, जिल्लामा सबै तगारो लागिएको छ, आफन्त ससुराली मावलीघर सबैतिर तिम्रो हाम्रो लागि बन्द छन् ।
तिमीलाई बिमानस्थल बाट घरलाने मान्छेपनि हुदैनन् यहा । कसैले कसैलाई चिन्दैनन् यतिबेला। चाउचाउ र चिउरा खाएर कोरोना संग लड्न सकिदैन साथी तिम्रो बानी पनि बिग्रेसकेको छ । यदि तिमी ठुलै मान्छेको आफन्त हो भने मात्रै स्वदेशको सपना देखे हुन्छ ,यति बेला नत्र जहाँ छौ आफ्नो ख्याल आफै गर्नु ।
तिम्रो दुख र तिम्रो भाबना म बुझ्छु साथी तर परदेशीको डलर चल्छ यहाँ पसिना, रगत र आँसुको कुनै मान्यता छैन। एक त यो संसार भरि नै असामान्य अवस्थामा छ यो भाइरस तर यहाँ अर्कै छ यतिबेला ।
तिम्रा बा-आमा बाटो हेरेर बसेका होलान, छोराछोरी जन्म दिनको उपहार कुरेर बसेका होलान यतिबेला आमाबालाई फोन गरेर सन्चै छु भन्दिनु , छोराछोरी अनि प्यारीलाई म छिट्टै आउछु ल भन्दिनु। मन् रोएपनि अनुहार र बोलीमा सन्चै भनेको आभास दिनु त्यसैमा परिवारको जय हुन्छ साथी । अहिले आफ्नो व्यथा आँफै भित्र राख, बाँचियो फेरी भेटौला, गाउँलाअनी नाचौंला ।
सानोमा तिमीलाई सन्चो नहुँदा हजुरआमाले खुवाउने गरेको हलेदो र तातो पानी खाईरहनु। सके सम्म घर भित्रै बस्नु ।बिहान साँझ भगवानकै लागि भएपनि प्रार्थना गर्नु , हजुरबाले सिकाएको ध्यान गर्नु त्यसैले तिमीलाई राम्रो हुन्छ किनकि हाम्रा पुर्खाले कहिल्लै पनि धर्म र सत् छोडेका छैनन् मन् बलियो बनाऊ ।। मेरो मन् अमिलो पार्दै यो पत्र लेख्दै छु।। म तिम्रै सुभचिन्तक साथी ।
परदेशीको उहि कथा
बाँचे आकाशमा ।
मरे बाकशमा ।।