२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कुल संक्रमितको ०.५५ प्रतिशत मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा एक सातामा थपिएका संक्रमितको संख्या

आइतबार (भदौ ७) १८६

  • सोमबार २२४
  • मंगलबार २३२
  • बुधबार ३०१
  • बिहीबार ३७७
  • शुक्रबार ४१५
  • शनिबार १८६

यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् । उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो । हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म देशभर २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ५५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । गत आइतबार २ सय ८१, सोमबार १ सय ७५, मंगलबार ३१३, बुधबार ३८५, बिहीबार ५६९, शुक्रबार १६९ र शनिबार ३१३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमितमा लक्षण देखिन थालेको छ ।

  1. एक सातामा ६१ संक्रमितको मृत्यु
  2. देशभर २०,५५५ जना संक्रमणमुक्त

शनिबार देशभर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश १ मा १५ जना आइसियुमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २४ आइसियुमा र सबैभन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत छन् । संक्रमणदर बढ्न नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने र जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिक