
उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना।५।ख। नम्बरको खाली कन्टेनर कटारी नगरपालिकाङ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी नपा-८ का मिनबहादुर रानामगर र मिर्चैया नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै नोवेल अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
उनीहरुको टाउको गम्भीर चोट लागेको रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए। उनीहरुको अवस्था अझै खतरा रहेको जनाइएको छ। प्रहरीका अनुसार गाडी सडकबाट सात मिटर तल खसेको छ। घटना के कारण भयो भन्ने एकिन नभएपनि साँघुरो सडकमा सवारीसाधन तिव्रगतिमा गुडेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। अन्नपुर्णपोष्ट दैनिक