२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा– प्रधानमन्त्री



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो । यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महत्व उच्च रहेको बताउनुभयो । “जसले नदीका विविध पात्रहरूलाई पोषण दिन्छ र समुद्री पारिस्थितिक प्रणालीलाई सफा गर्छ, प्राकृतिक जलवायु स्थिरताका रूपमा काम गर्छ, पहाड र समुद्रबीचको जैविक सम्बन्धलाई यसले दर्शाउँछ,” उहाँले भन्नुभयो । यस फोरमले विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न र यसको सही तथ्यलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानका लागि स्थापित गर्न गरेको पहलको प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो ।

उहाँले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अर्को वर्ष कोप २६ सम्मेलनमा जलवायु कार्यसूचीलाई उच्च विश्वव्यापी राजनीतिक ‘एजेन्डा’ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमानमा जलवायु सङ्कट ज्वलन्त समस्या बनेको भन्दै ठूला प्रदूषणकर्ताले मौनता तोडेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कमजोर देशको अस्तित्वको सवाल रहेकाले हरेक वर्ष हुने तापमापन र यसको घटबढको अंशले महìव राख्ने प्रधानमन्त्रीले उल्लेख गर्नुुभयो । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका मुलुकले जलवायु कार्ययोजना, जलवायु लगानी, सहज प्रविधिसँगै कार्यान्वयन, अनुकूलन कार्यक्रममा पहुँच पुग्नु जरुरी हुन्छ र त्यसका लागि अन्तर्राष्ट्रिय आवश्यक हुने उहाँले बताउनुभयो । यस वर्ष कोभिड–१९ को सङ्कटले मानव जीवन र अर्थ व्यवस्थालाई तहसनहस पारेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यो महामारी हरित, दिगो स्वास्थ्य र अर्थ व्यवस्थाका लागि अवसर हुन सक्ने बताउनुभयो । कोभिड महामारीबाट सिकेको पाठले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अहिलेको महामारीजस्तै जरुरी र प्राथमिकतासँग मिल्दोजुल्दो जलवायु परिवर्तनको समस्या सामना गर्न उपयोगी हुनसक्ने उहाँले सुझाउनुभयो ।

अबको आवश्यकता जलवायु कार्ययोजनाका लागि एकजुट हुनु रहेकोले यसविरुद्ध राजनीति गर्न नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयो । “आवश्यकता भनेको साझा योजना हो । दिगो समाधानको योजना हो । अब हराउने समय छैन । काम अब सुरु हुनैपर्छ किनभने जलवायु हाम्रो अस्तित्वको प्रश्न हो,” उहाँले थप्नुभयो । संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँं सत्रको संयोजनमा आयोजना गरिएको सो कार्यक्रम बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षतामा बसेको थियो । गोरखापत्र दैनिक