२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नोबेल अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ। मोरङको रंगेली एक वृद्ध  र धरानका एक जना पुरुष मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे मृत्यु भएको हो। श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो। त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिए पनि पुरुषमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको चिकित्सकलाई उद्रित गर्दै दाहालले बताए। 

त्यस्तै मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए। वृद्धलाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो। दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आईसोलेसनमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए। मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको चिकित्सकलाई उद्रित गर्दै उनले जानकारी दिए। मृतक दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने उनले बताए। अन्नपुर्णपोष्ट दैनिक