२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चिकित्सक संघले आन्दोलन फिर्ता लियो



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक स‌ंघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले बताएका छन् । रिजालले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक स‌ंघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको थियो। त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीले आइतबार बिहान साढे ९ बजेतिर अनशन तोड्ने बताइएको छ । उनले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।

यसैगरि त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिषठान, न्याम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले पनि डा। केसी र सरकारबीच सहमति भएको भन्दै आकस्मिक र कोभिड बाहेकका सम्पूर्ण सेवा बहिष्कार लगायतका सबै कार्यक्रमहरू फिर्ता लिएको संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन् ।