२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा कोरोना संक्रमितको मृत्युदर कम, संक्रमणमुक्त हुनेको संख्या पनि अत्यन्तै कम



अ+ अ-

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ । वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको छ । भुटानमा कोरोनाबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । तथ्यांकअनुसार भारतमा ७३ लाख ९ हजार १ सय ६४, पाकिस्तानमा ३ लाख २१ हजार २ सय १८, अफगानस्तानमा ४० हजार २६, श्रीलंकामा ५ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, माल्दिभ्समा ११ हजार ६२, भुटानमा ३ सय १६, बंगलादेशमा ३ लाख ८४ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । यस्तै संक्रणमणमुक्त हुने दरमा नेपाल निकै पछाडि रहेको छ । सबैभन्दा धेरै पाकिस्तानमा ९५ दशमलव ०७ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, भुटानमा ९३ दशमलव ०३ प्रतिशत, माल्दिभ्समा ८९ दशमलव ३१ प्रतिशत, भारतमा ८७ दशमलव ३३ प्रतिशत, नेपालमा शून्य दशमलव ५७ प्रतिशत र श्रीलंकामा ६४ दशमलव ७६ प्रतिशत कोरोनामुक्त भएका छन् । नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

बिहीबार ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । शुक्रबार थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा संक्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिक