१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रयोग भइसकेको कण्डम बटुल्न थाल्लेपछि…



अ+ अ-

काठमाडौं । संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ ।

यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह  दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कन्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन ।  महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।

स्रोत : बीबीसी