२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कक्षा १२ को परीक्षा छठ लगत्तै



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो । ‘मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई नीतिगत स्वीकृति प्रदान गरेलगत्तै मन्त्रालयले बोर्डलाई परीक्षा व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको हो।’ –शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले भने । सोही आधारमा बोर्डको बैठकले परीक्षा गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले अंकलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पारे । उनका अनुसार दशैंलगत्तै सम्पूर्ण प्रक्रिया पूरागरी छठपछि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएलगत्तै बैठक बसेर परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न स्वास्थ्य मापदण्ड र आचार  निर्माण गर्ने तयारी भइरहेको जानकारी गराए । उनले भने– ‘एक दुई दिनभित्रै कार्यतालिका सार्वजनिक गर्नेछौं । त्यसपछि परीक्षासम्बन्धी अन्य प्रक्रिया थाल्नेछौं ।’ यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली (ग्रिड)लाई निस्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अंकको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ ।

शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम मूल्याङ्कन तथा व्यवस्थापन परिषद्को बैठकले यस वर्षका लागि ग्रिड प्रणाली निस्क्रिय गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिए । ग्रिड हटेपछि बोर्डले ४० प्रतिशत अंकभारको प्रश्नपत्र तयार गर्नेछ । सोही आधारमा परीक्षा हुनेछ । बोर्डको निर्णयलगत्तै परीक्षा सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ । दशैंलगत्तै सबै विद्यालयमा उत्तरपुस्तिका पु¥याउने, प्रश्नपत्र निर्माणगर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गरी सबै सरोकारवाला निकायसँग छलफल गर्नेलगायतको काम शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने जनाउँदै मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएपछि सोही आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । बोर्डले यस वर्षको परीक्षामा प्रवेशपत्रको आधारमा पायक पर्ने विद्यालयबाट परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलले प्रवेशपत्रबिना परीक्षामा उपस्थित हुन नदिने स्पष्ट पारे । ने– ‘अति समस्या परेका विद्यार्थीले र विद्यालयको सिफारिसका आधारमा घरपायक केन्द्रबाट परीक्षा दिनमिल्ने व्यवस्था गर्न लागेका हौं ।’

बोर्डका सबै प्रदेश कार्यालयले सबै विद्यार्थीको कन्ट्याक्ट ट्रेसिङ गरी कुन विद्यार्थी कहाँ छन् भन्ने विषयमा तथ्याङ्क तयार गरिसकेको छ । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारी साधनको सुविधा भएको घरपायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्था गर्ननिर्देशन दिएको थियो । यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोभिड–१९को कारण वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी हुन लागेको हो । सदस्यसचिव अर्यालले सबै विधि प्रक्रिया पुर्याएर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने– ‘केन्द्रदेखि आवश्यक पर्ने सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नेछौं ।’ नेपाल समाचारपत्र दैनिक