२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरीएर मृत्यु



symbolic picture
अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार सांझ निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरीएर मृत्यु भएको छ । जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुलिड।गटार ४ का २० वर्षीय गोपाल गरञ्जा, ४२ वर्षीय सुन बहादुर पुलामी रहेकाछन् ।

यसै गरी बर्ष २० का तारा बहादुर लुंगेली, २० वर्षकै चेत बहादुर अस्लामी र २९ वर्षीय तुल बहादुर सारुको पहिरोमा परेर मृत्यु भएको छ । घाईते हुनेमा बुलिड।गटार ४ कै १९ वर्षीय केवल सिंह लुड।गेली र २१ वर्षका केवल सिंह लुड।गेली रहेको प्रहरीले जनाएको छ ।
एकै वडाका मजदुरहरुलाई स्थानीय वडा नं. ३ को सखुवा भन्ने स्थानमा सडक छेउमा जाली भर्दै गर्दा माथि बाट खसेको सुख्खा पहिरोले एका एक पुरेको थियो ।

पहिरोमा पुरिएका मजदुरहरुको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । नेपाल समाचारपत्र दैनिक