२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनायो: उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको बताउनु भयो ।

उहाँले कृषि क्षेत्रमा युवालाई सक्रिय रुपमा सहभागप्ी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले कृषि खाद्य प्रणालीमा नयाँ युगको नेतृत्व युवाहरुकै हातमा रहेको बताउनु भयो । कृषि खाद्य प्रणालीमा नाफामात्र नभइ गरिवी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायि भुमिका खेल्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएका छौँ । तथापि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम छ । यस क्षेत्रमा धेरैजसो गरिव परिवारको निर्भरता रहेको छ । बदलिँदो जलवायुले हाम्रो वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको छ । साथै यो क्षति युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ ।’

उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामुहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताउनु भयो ।