१ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लागुपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताउनु भयो । उहाँले उहाँले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुव्र्यसनीबिरुद्धको अभियान जुन छ, यो अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ । तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन् । त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन । दुव्र्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ ।’

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताउनु भयो ।