
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझ पहाडसहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा ठप्प भएको हो ।
व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको छ । यहाँ सडक स्तरोन्नतीका क्रममा कटान गर्दा पहाड चिरिएको थियो । उक्त चिरिएको पहाड खसेको प्रहरीले जनाएको छ ।