७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१६ वर्षअघि सुरु भयो ‘विराट युग’: ८० शतक र २६ हजार रन, किंग कोहलीको विश्व क्रिकेटमा राज



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीले आज अन्तर्राष्ट्रिय क्रिकेटमा १६ वर्ष पूरा गरेका छन् ।

कोहलीले अगस्ट १८, २००८ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए ।

विराटको डेब्यु खेल खासै उल्लेखनीय रहेन र उनी १२ रन मात्र बनाएर आउट भए । आज उनी नयाँ उचाइमा पुगेका छन् ।

क्रिकेट जगतमा ‘किंग कोहली’ र ‘द रन मेसिन’ को नामले चर्चित विराटले क्रिकेटको गोल्ड बुकमा आफ्नो नाम लेखाएका छन् । उनले जीवनमा धेरै कठिनाइहरू पार गरे, विशेष गरी जब उनी बाहिर थिए । उनको प्रतिबद्धता, क्रिकेटप्रतिको लगाव र कडा परिश्रमले उनलाई नयाँ उचाइमा पुर्यायो ।

विराट कोहलीले आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करियरमा धेरै कीर्तिमान बनाएका छन् । महेन्द्र सिंह धोनीपछि कोहलीलाई भारतका तीनवटै फर्म्याटको कमाण्ड दिइएको थियो । आफ्नो करियरमा, कोहली २०११ ओडीआई विश्व कप, २०१३ च्याम्पियन्स ट्रफी र २०२४ को टी–२० विश्वकप जित्ने टीम इन्डियाको हिस्सा रहे ।

विराट कोहलीको नाममा यस्ता छन् उपलब्धीहरुः
सचिन तेन्दुलकर (१००) पछि विराट कोहली (८०) सबैभन्दा धेरै शतक बनाउने दोस्रो खेलाडी हुन् ।

विराटले एकदिवसीयमा सचिन तेन्दुलकर (४९) लाई पछि पार्दै शतकमा अर्धशतक पूरा गरेका छन् ।

विराट कोहलीको कप्तानीमा भारतीय टोली ६ वर्षसम्म टेष्टमा नम्बर एक रह्यो ।

विराट कोहली विश्वकै चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

अहिले क्रिकेट खेल्ने खेलाडीमा सबैभन्दा धेरै रन बनाउने एकमात्र ब्याट्सम्यान विराट हुन् ।

कोहलीले कप्तानको रूपमा सात दोहोरो शतक बनाएका छन् । उनले वाली ह्यामन्ड र महेला जयवर्धनेको कीर्तिमानी बराबरी गरेका छन् ।

५०० अन्तर्राष्ट्रिय खेल खेल्ने चौथो भारतीय र विश्वको ९ औं खेलाडी हुन् विराट ।

२००८ मा आफ्नो ओडीआई डेब्यू गरेपछि, विराट कोहलीले २०२१ मा टी–२० र टेस्ट डेब्यू गरे । विराट कोहलीले अहिलेसम्म ११३ टेस्ट, २९५ एकदिवसीय र १२५ टी–२० आई खेल खेलेका छन् । विराटले टी–२० विश्वकप २०२४ पछि यो फर्म्याटबाट सन्यास लिएका छन् ।