२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

करातेकी एरिका र टेबलटेनिस स्यान्टु वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित



अ+ अ-

काठमाडौं । करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएको छ।

हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद ९राखेप० टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ हजार रुपैयाँ प्राप्त गरे। स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले अवार्ड ग्रहण गरेका थिए।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेसिस ओलम्पिकका‌ लागि छनोट हुन सफल भएका थिए। सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैध र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो । सुदीप मिडियाका अध्यक्ष सुबास हुमागाईंले यो यात्रामा सहयोग गर्नुे सबैलाई स्वागत गर्दै अनलाइन सन्चालन चुनौतीपूर्ण रहेको बताएका थिए।

राखेपका‌ सदस्य सचिव घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकाले हाम्रो खेलकुदको‌ वार्षिकोत्सवको लागि बधाई दिएका थिए । सोही अवसरमा सहयोगी र प्रायोजकहरूलाई हाम्रो खेलकुदका सम्पादक तिमल्सिनाले मायाको चिनो प्रदान गरेका थिए।

सो अवसरमा तिमल्सिनाले सहयोगी सबैलाई धन्यावाद दिदै खेलकुद अनलाइन खेलकुद पत्रकारिता चुनौतीपूर्ण रहेको बताएका थिए।