१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चिनीभन्दा गुलियो पदार्थ तर डायबिटिजका रोगीहरूले पनि खान मिल्ने, के हो त यो ?



अ+ अ-

डायबिटिजका रोगीहरूले चिनी खान नपाए पनि त्योभन्दा कैयौ गुना बेसी गुलियो पदार्थ स्याकरीन (Saccharin) निर्धक्क खान सक्छन् । उनीहरूले त्यो स्याकरीन खाएर आफ्नो गुलियो खाने तलतललाई मेटाउन सक्छन् । स्याकरीन चिनी जस्तो सेतो, पारदर्शी दानादार सिन्थेटिक पदार्थ हो । यो उखुभन्दा ५५० गुना बेसी र शुद्ध चिनीभन्दा ३७५ गुना बेसी गुलियो हुन्छ ।

यो कोलतारमा हुने टोल्युएन (Toluene) नाम गरेका रङ्गहीन हाइड्राकार्बनबाट बनेको हुन्छ । यसको अणुसुत्र C6H4CONHSO2 हुन्छ । स्याकरीनको आविष्कार कुनै खास अनुसन्धानबाट भएको थिएन । यो त संयोगवश, अझ भनौं, दुर्घटनावश भएको थियो ।