२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दंगा भड्काएको आरोपमा पत्रकारलाई फाँसी



अ+ अ-

तेहरान । इरानका एक पत्रकारलाई दंगा भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिङ एपका माध्यमबाट दंगा भड्काउने कुकृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सञ्चार माध्यमले जनाएको छ । सर्वोच्च अदालतले उनको फाँसीकोे सजायलाई कायम गरेको थियो । फ्रान्समा शरण लिइरहेका जाम कसरी गिरफ्तार भए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गतवर्ष इराक गएलगत्तै उनलाई गिरफ्तार गरिएको बताइएको छ ।

‘जाम अमादन्युज’ नामक एक सरकारविरोधी लोकप्रिय फोरम चलाउँथे । इरानमा अमादन्युजमा सन् २०१७ र १८ को देशव्यापी विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाइएको थियो । १० लाखभन्दा धेरै फलोअर्स भएको अमादन्युजले मेसेजिङ एप टेलिग्राममा विरोध प्रदर्शनकारीहरूको भिडियो र इरानी अधिकारीहरूका बारेमा कयौं जानकारी साझा गरेको थियो ।

इरान सरकारले यो नेटवर्कलाई बन्द गराइएको थियो, तर पछि यसलाई अर्कै नामबाट शुरू गरियो । सुधारवादी इस्लामिक विज्ञ मोम्मद अलि जामका छोरा रुहोल्लाहलाई इरानमा सबैभन्दा गम्भीर अपराध भ्रष्टाचारको आरोपमा दोषी ठहर्‍याइएको थियो । यद्यपि, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जाम अनुचित सुनवाइको शिकार भएको जनाएको छ । जहाँ उनलाई जबरजस्ती अपराध स्वीकार गराइएको थियो ।

केही दिनअघि फ्रान्सको विदेश मन्त्रालयले जामको मृत्युको सजायको फैसला इरानमा अभिव्यक्तिको स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला भएको बताएका थिए । सन् २००९ को विवादित राष्ट्रपति चुनावपछि जामलाई इरानमा हिरासतमा लिइएको थियो । तर, पछि उनी फ्रान्समा शरण लिन सफल भएका थिए ।

इरानको रिभोलुसनरी गार्ड कप्र्सले आधुनिक प्रविधि र रचनात्मक तरिकाबाट विदेशी गुप्तचर सेवालाई झुक्याउन सफल भएको र जामलाई गिरफ्तार गरिएको बताएको थियो । जाम फ्रान्स, इजरायल र अमेरिकी गुप्तचर एजेन्सीको सुरक्षा रहेको पनि रिभोलुसनरी गार्डले आरोप लगाएको थियो । नेपाल समाचारपत्र दैनिक