२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बीबीसी मास्टर सेफको टप ३ मा ‘सन्तोष साह’



अ+ अ-

लन्डन । आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन । काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भएका छन् सन्तोष साह ।

उनी बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा छनोट भएका हुन् । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए ।

पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दुस्ख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष
त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । सन्तोषको सिर्जनशीलता र उनले प्रयोग गरेका मसलाबाट निर्णायकहरु निकै प्रभावित भएका थिए । ‘म आफूलाई ज्यादै भाग्यमानी ठानेको छु,’ टप थ्रीमा पुगेपछि सन्तोषले कान्तिपुरलाई प्रतिक्रिया दिए, ‘विश्वसामु नेपाली खाना र संस्कृति चिनाउन पाउनु त्यो मेरो जीवनकै महत्वपूर्ण उपलब्धि हो ।’ शोमा भादगाउँले टोपी लगाउन अनुमति मागेपछि बीबीसीले यसबारे बुझेर सहमति जनाएको सन्तोषले बताए ।

बिहीबार तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच सुरु भएको थियो । उनले प्रतियोगितामा जोखिम लिएरै हरेक चरणमा नेपाली परिकारमात्र पस्किए । फाइनलको अघिल्लो चरणमा मंगलबार ‘इन्भेन्सन राउन्ड’ मा सन्तोषले डिजर्टका रुपमा कोदोको खिर चखाएका थिए । उनले कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किएका थिए । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाई अल्टिच्युड ९हिमाली भेग० मा प्रचलित भेगन खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष
यसअघिका चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए । विश्वमै प्रतिष्ठित बीबीसी मास्टर सेफ जस्तो प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली हुन् । नेपाली खानालाई विश्व बजारमा चिनाउने एकमात्र लक्ष्य आफ्नो रहेको उनी बताउँछन् ।

बेलायतको प्रतिष्ठित ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफ भइसकेका सन्तोषले भारत र बेलायत गरी यस क्षेत्रमा दुई दशक बिताइसकेका छन् । प्रतियोगिता सकिएपछि सन्तोष सेन्ट्रल लन्डनमा टिपिकल नेपाली कुजिनको रेस्टुरेन्ट खोल्ने तयारीमा समेत जुटेका छन् । कान्तिपुर दैनिक