काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको छ। संक्रमण हुने मध्य काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ७ सय ८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।