१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप विजेता भारतीय टोलीले बार्बाडोसबाट फर्केपछि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ दिल्लीस्थित उनको निवासमा भेटेको थियो ।

भारतीय टोली चार्टर उडानबाट भारत फर्किएको थियो र त्यसलगत्तै प्रधानमन्त्रीलाई भेटेको हो । सो अवसरमा भारतीय खेलाडीले प्रधानमन्त्रीसँग ब्रेकफास्ट गरेका थिए र उनीसँग कुराकानी गरेका थिए ।

प्रधानमन्त्रीले च्याम्पियन खेलाडी तथा पूर्व प्रशिक्षक राहुल द्रविडसँग फोटो खिचेका थिए । यसको भिडियो पनि सार्वजनिक भएको छ ।

भेट र अभिवादन सत्रमा केही क्लिपहरू प्ले गरिएका थिए र मोदीले धेरै खेलाडीहरूलाई रोमाञ्चक फाइनलका विभिन्न पक्षहरूबारे सोधे । एक घण्टाभन्दा बढी समय चलेको भेटमा मोदीले भारतको जितमा खुसी व्यक्त गर्नुका साथै कठिन परिस्थितिलाई पार गरेकोमा पनि खुसी व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीले कप्तान रोहित शर्मालाई सोधे कि जितपछि उनले पिचको टुक्रा र त्यहाँको माटो मुखमा राख्दा स्वाद कस्तो लाग्यो ? यस विषयमा रोहितले प्रधानमन्त्रीसमक्ष आफ्नो धारणा राखेका थिए । फाइनलसम्म खराब फर्मसँग संघर्ष गरिरहेका विराट कोहलीले फाइनलमा भने ७६ रनको खेल जित्ने इनिङ खेलेका थिए । यसका लागि उनलाई प्लेयर अफ दि म्याचको अवार्ड दिइएको थियो । प्रधानमन्त्री जान्न चाहन्थे फाइनल जस्तो ठूलो खेल अघि विराट के सोच्दै थिए ?

फाइनलमा ४७ रन बनाएका अक्षर पटेललाई प्रधानमन्त्रीले फाइनलमा कठिन परिस्थितिमा ब्याटिङ गर्न पठाउँदा कस्तो महसुस भयो भनेर सोधे । फाइनलमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेन र डेभिड मिलरको साथ मैदानमा जितको नजिक थियो । दक्षिण अफ्रिकी टोलीलाई ३० बलमा ३० रन आवश्यक थियो ।

यसपछि जसप्रित बुमराहको नेतृत्वमा भारतीय बलरले शानदार कमब्याक गरे । हार्दिक पाण्ड्यादेखि अर्शदीप सिंहसम्मले आफ्नो बलिङले फ्यानको मन जितेका थिए र दक्षिण अफ्रिकालाई रन बनाउन दिएनन् । प्रधानमन्त्री मोदीले बुमराहलाई सोधे कि त्यो महत्वपूर्ण क्षणमा उनको दिमागमा के चलिरहेको थियो ? प्रधानमन्त्री मोदीले हार्दिक पाण्ड्यालाई सोधे कि दक्षिण अफ्रिकाविरुद्धको अन्तिम ओभरमा १६ रन बचाउने उनको योजना के थियो ?

सोही क्रममा सूर्यकुमार यादवले २० औं ओभरको पहिलो बलमा डेभिड मिलरको क्याच लिएपछि खेल भारतको पक्षमा गयो । यसबाट प्रधानमन्त्री पनि निकै खुसी देखिए । यस सम्बन्धमा उनले सूर्यलाई प्रश्न गर्दै प्रधानमन्त्रीले सूर्यलाई ती जादुई सात सेकेन्ड पुनः जीवित गर्न आग्रह गरे। सूर्याको क्याचपछि दक्षिण अफ्रिकी टोली ब्याकफुटमा गयो, किनभने त्यसपछि बलरहरू मात्र ब्याटिङ गर्न बाँकी थिए ।

शनिबार ब्रिजटाउनमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराएको टोली क्यारेबियन भूमिमा आएको आँधीका कारण स्वदेश फर्किन ढिलाइ भएको थियो । एयर इन्डियाको चार्टर उडान वेस्ट इन्डियन टापुमा डाइभर्ट गरेपछि भारतीय टोली ट्रफीसहित घर फर्किन सकेका थिए । दक्षिण अफ्रिकालाई हराउँदै भारतले ११ वर्षको आईसीसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारतीय टोलीले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो ।