२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस वर्ष ५० टन केसर उत्पादन गर्ने अफगानिस्तानको अपेक्षा



अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा केसरको खेती बढेको देखिएको छ ।  यस वर्ष युद्धग्रस्त देशले लगभग ५० टन केसर उत्पादन गर्ने अपेक्षा राखेको छ ।

स्थानीय रूपमा रातो सुन भनेर चिनिने केसर देशका ३४ प्रान्तमध्ये २६ वटा प्रान्तमा खेती गरिएको छ । जसको झन्डै ९० प्रतिशत पश्चिमी हेरात प्रान्तमा उत्पादन भएको छ ।

अफगानिस्तानको केसर आफ्नो असाधारण गुणस्तर र स्वादको लागि बाहिर उभिएको छ। लगातार नवौं वर्ष बेल्जियममा रहेको इन्टरनेशनल टेस्ट इन्स्टिच्युटले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा लगातार शिर्ष स्थान हासिल गर्दै आएको छ ।