२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो



अ+ अ-

कीर्तिपुर । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता बिरुवा लगाइएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी र चन्द्रागिरि हिल्स लिमिटेडका सहमहाप्रबन्धक श्याम तण्डुकार लगायतले सो अवसरमा वृक्षरोपण गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख गिरीले प्राकृतिक रुपले सुन्दर चन्द्रागिरिको सुन्दरतालाई जोगाइराख्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृक्षरोपण गरिएका बिरुवालाई हुर्काउन र यहाँको प्राकृति वातावरण जोगाइराख्न हिल्सले थप ध्यान दिनुपर्छ ।” लिमिटेडका मानवसंसाधन प्रमुख झलकराज शर्माका अनुसार नयाँ पुस्तालाई एकपटक लगाएर वर्षौं लाभ लिन सकिने बोटबिरुवासँग परिचित गराउने उद्देश्यले वृक्षरोपण गरिएको हो । रोपणका साथमा संरक्षण तथा संवद्र्धनका लागि समेत हिल्सले विशेष पहल गरेको जनाइएको छ । पछिल्लो समय चन्द्रागिरि केबुलकार आसपास करिब १७ हजार बोटबिरुवा हुर्किरहेको जानकारी उहाँले दिनुभयो ।

हिल्समा विगत एक दशकदेखि वनस्पति संरक्षण गरिरहनुभएका वनस्पतिविद् विन्देश्वर रायका अनुसार केबुलकार परिसरमा सकेसम्म रैथाने वनस्पतिलाई नै हुर्काउने नीतिअनुसार त्यस्तै बिरुवाको बेर्ना तयारी गरी रोपिएको हो । उहाँले भन्नुभयो, “लोक्ताबाट कागज तयार हुन्छ । जमानेमान्द्रो आयुर्वेदिक चिकित्सामा सर्वाधिक प्रयोग हुने जडीबुटी हो । यस्तै अचारको मसलाका रुपमा प्रयोग हुने टिम्बुरलाई नगदे बनस्पति समेत मानिन्छ ।”

यसैगरी स्टेसन परिसरमै सुन्तला, आरु, आरुबखडा, नास्पाती, हलुवावेद, खुर्पानी, लप्सी र अम्बाका जस्ता फलफूल समेत गरी कूल दुई सय बिरुवा लगाइएको जानकारी वनस्पतिविद् रायले दिनुभयो ।