२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पोखरा पर्यटकीय राजधानी बन्द कि बन्दैन ? भन्ने प्रश्न उठाएको पनि बताउनु भयो । सांसद बैरागीले बजेटमा निर्वाचन क्षेत्र रणनीतिक योजनाहरु कटौति गरिएको भन्दै आपत्ति समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोखरालाई पर्यटकको राजधानी घोषणा गरिएको छ । तर अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन ? भन्ने पश्न उठेको छ । वर्षा सुरु भएको छ । धेरै ठाउँमा असिना, पानीले, बाढी पहिरोले समस्या भइराखेको छ । र त्यो विपद् व्यवस्थापन गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । सरकारी अस्पतालको बिस्तारमा बजेटको कमी छ । निर्वाचन क्षेत्रका रणनीतिक योजनाका कार्यक्रम बजेटमा कटौति गरिएको छ । यी र यस्ता धेरै कमीहरु बजेटमा रहेका छन् । ’

सांसद बैरागीले बाढी, पहिरो र असिनासहितको वर्षाले क्षति पुर्‍याउने काम शुरु गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।