२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पहाडी भू–भागमा आंशिक बदली



अ+ अ-

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।