२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुबईबाट फर्केर तरकारीखेती



अ+ अ-

देउखुरी (दाङ):  बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उहाँले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएको छ । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्नुहुन्छ ।

उहाँले काँक्रा, बोडी, टमाटर, खरबुजा  र घिराँैलालगायत तरकारी लगाउनुभएको छ । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताउनुभएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लाग्नुभएको बताउनुभयो ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उहाँसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो ।

तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उहाँको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गर्नुभएको छ । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उहाँले बताउनुभयो । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उहाँको योजना छ ।रासस