काठमाडौं । आइतबार नेप्से परिसूचक २८.४६ अंकले बढेको छ । यस दिन २ हजार २९९ दशमलव ३४ विन्दुदेखि खुला भएको बजार २३ सय १५ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १७ अंक बढेर ४४३ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आइतबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन रू. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएको हो ।
यस दिन जलविद्युत वाहेकका सबै समूहको परिसूचक बढेको छ । जलविद्युत समूहको परिसूचक भने शून्य दशमलव ४ प्रतिशतले घटे पनि बरुण हाइड्रोको शेयरमूल्यमा भने उच्च वृद्धि भएको हो । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव २४ प्रतिशतले बढेको छ ।
यो दिन गुरास लघुवित्त र नारायणी डेभलपमेण्टको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंक र सामूदायिक लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ९६ प्रतिशत, किशान लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव ९३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त र मञ्जुश्री फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, गरिमा विकास बैंकको ९ दशमलव ८५ प्रतिशत, कामना सेवा विकास बैंकको ९ दशमलव ८० प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ७५ प्रतिशत, कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको ९ दशमलव ५० प्रतिशत, सांग्रिला डेभलपमेण्टको ९ दशमलव ४५ प्रतिशत र बरुण हाइड्रोको शेयरमूल्य ९ दशमलव शून्य ५ ले बढेको हो ।
आइतबारको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन सहित १६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा यो दिन व्यापारिक समूहको परिसूचक बढ्न सहयोग मिलेको हो । त्यस्तै बैंकिङको शून्य दशमलव शून्य ६ प्रतिशत, होटलको शून्य दशमलव ८८ प्रतिशत, विकास बैंकको ४ दशमलव ६१ प्रतिशत, वित्तको २ दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८३ प्रतिशत, अन्यको ३ दशमलव ४ प्रतिशत, लघुवित्तको ३ दशमलव १९ प्रतिशत, जीवन बीमाको १ दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६८ प्रतिशत परिसूचक बढेको छ ।
आइतबारको कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ५८ करोड १० लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ९६ ले बढेर अन्तिम मूल्य रू. १ हजार ३५९ कायम भएको छ । यो कम्पनीको आइतबार न्यूनतम रू. १ हजार ३०० देखि अधिकतम रू. १ हजार ३७१ सम्मको मूल्यमा शेयर कारोबार भएको छ ।