काठमाडौं । सोमबार नेप्से परिसूचक १४.४८ अंकले बढेको छ । बजार २ हजार ३३३ दशमलव ८८ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशतले बढेको हो । यस अवधिसम्म २ हजार ३२९ दशमलव ४८ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १३ हजार ४४२ पटकको कारोबारमा २८ लाख ८४ हजार ४४६ कित्ता शेयरको रू. १ अर्ब ४७ करोड ८१ लाख १५ हजार बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
कारोबारको पहिलो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र बरुण हाइड्रोपावरकोे शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । कम्पनीको कुल रू. १० करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।