२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट



अ+ अ-

दमक । झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने यु–१३ फुटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र शिवसताक्षी–१० का रुप्लीहाङ लिङ्देन रहेका छन् ।

शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिगालुङ्गका अनुसार शिवसताक्षी नगरबाट पाँच खेलाडी जिल्ला, प्रदेशहुँदै छनोट भएका हुन् । उनीहरुलाई एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणसहित पढ्ने व्यवस्था गरिएको छ ।

एन्फाले ग्रामीण र स्थानीय स्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगितामार्फत खेलाडी छान्दै आएको छ । छनोट प्रतियोगितामा शिवसताक्षीका ६२ युवा खेलाडी सहभागी भएका थिए ।

“बाह्र खेलाडी जिल्लाका लागि छनोट भएकामा पछि जिल्लाबाट प्रदेशमा ६ जना छनोट भएका थिए, अन्तिममा दुई खेलाडी छनोट हुन सफल भएका छन्”, शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष रिगालुङ्गले भन्नुभयो ।

राष्ट्रिय फुटबल टोलीबाट खेलेका अनन्त तामाङ्ग, सन्दिप राई, सन्तोष नेपाली, ईश्वर कार्कीलगायतले खेलिसकेका छन् । उनीहरु शिवसताक्षी नगरपालिकाका बासिन्दा हुन् ।