२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती



फाईल फोटो
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खु खोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् ।

अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की सडक नहुनु र बस्तीछेउबाट रातभरि टिपर गुड्दा आफूहरूले सास्ती भोगिरहेको स्थानीय बताउँछन् ।

बस्ती छेउबाट टिपर गुडाउनलाई सडक पक्की र व्यवस्तित गरिदिन पटक–पटक ललितपुर जिल्ला प्रशासन र महानगरलाई अनुरोध गरे पनि आश्वासनमा मात्र सीमित रहेको ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ती छेउबाट करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्छन् । स्थानीयले रातभरि निद्रा नपर्ने गुनासो गर्दै आएका छन् । बिहानपख बस्ती धुलैधुलोले भरिएको देखिन्छ ।”

उपत्यकाको बागमती नदी करिडोरसहित अन्य नदीको करिडोर व्यवस्ति भए पनि नख्खुखोला करिडोर अस्तव्यस्त रहेको वडाध्यक्ष केसीले बताउनुभयो । बस्ती छेउबाट टिपर गुड्ने सडक व्यवस्थित गर्नका लागि स्थानीयले आन्दोलन गरेर सडक बन्द गरे पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

विसं २०७२ को भूकम्पलगत्तै बस्ती छेउबाट टिपर गुड्न सुरु भएकोभन्दै हालसम्म पनि सडक व्यवस्थित नहुँदा स्थानीयले सास्ती खेपिरहेको रामनारायण महतोले बताउनुभयो । उहाँले दु:खेसो पोख्दै भन्नुभयो, “धुलो र टिपरको चर्को आवाजका कारण हामी रोगी हुन लागिसक्यौँ । करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्दा सडक थर्किन्छ र घर ढल्ने चिन्ताले निन्द्रा लाग्दैन । बालबालिकादेखि ज्येष्ठ नागरिक समस्या छन् । हामीले महानगरमा निवेदन गर्दा, सडक बन्द गरेर आन्दोलन गर्दा पनि पीडा बुझिदिने कोही भएनन् ।”

ललितपुर–१३ कुसुन्तीका प्रतीक गुप्ताले भन्नुभयो, “टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।

आफ्ना समस्या लिएर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगेर गुनासो पोख्दा पनि समस्याको सामाधान नभएको स्थानीय बताउँछन् । नख्खु करिडोरमा टिपर गुडाउन बन्द नगरे पनि सडक पक्की र व्यवस्थित गराउनुपर्ने उहाँहरुको माग छ ।