काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा पुगेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ५ दशमलव ५७ अंकले घटेको हो।
कारोबारमा आएका २०६ ओटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयरको ५७ हजार ९८० पटकमा रू. ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलबारको कारोबार दिनमा २०६ ओटा कम्पनीमध्ये ५५ ओटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेका छन् ।
मंगलबार तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरि मंगलबार सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशतका दरले घटेको छ ।
उक्त कम्पनीको शेयर मूल्य मंगलवार रू. १ हजार ३०० कायम भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने ब्यापर समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र जीबन बीमा समूहको परिसूचक ३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक बढेको हो ।
मंगलबार सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ९७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले ५१ प्रतिशत लाभांश वितरण गर्नका लागि साधारण सभा तथा बुक क्लोज मिति तय गरेसँगै उक्त कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो ।