कैलााली । सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । सत्तासीन दल नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले राजिनामा दिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएपछि रिक्त पदमा मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री भट्टले गरेका हुन् । पार्टी विभाजित भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपाको प्रचण्ड–नेपाल समूहको बहुमत छ ।
प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले भौतिक पूर्बाधार विकास मन्त्रालयको जिम्मेवारी लामा र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी धामीलाई दिइने छ ।
मन्त्री नियुक्त गर्ने विषयमा औपचारिक निर्णय भने आइतबार बस्ने प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले गर्नेछ ।