१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अभिभावकले कुन सन्तानलाई बढि माया गर्छन् ?



अ+ अ-

काठमाडौं । कुनै अभिभावकलाई तपाईंलाई कुन सन्तानको माया बढि लाग्छ भनेर सोधियो भने जवाफ आउँछ सबैको बराबर लाग्छ । स्वभाविक पनि हो आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्यारो लाग्छ । अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ ।

तर, अमेरिकामा भएको एउटा सर्भेक्षणले भने आमाबुवाले सन्तानमध्येमा कान्छो सन्तानको माया बढि लाग्ने देखाएको छ । अमेरिकाको ब्रिगम यंग यूनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको सर्वेक्षणमा अभिभावकले कान्छो सन्तानलाई सबैभन्दा बढि माया गर्ने ठहर गरेको छ ।

हुनत कान्छो सन्तानलाई बढि माया गर्नुको अर्थ अरु सन्तानलाई माया नगर्ने वा वेवास्ता गर्ने भन्ने हुदैँन । अभिभावक पहिलो पटक आमाबुवा बन्न पाउँदा जेठो सन्तान विशेष मान्दछन् । तर, पहिलो सन्तानपछि अरु सन्तान भएपछि आमाबुवाको माया स्वभाविक रुपमा बाँडिन्छ । यस्तोमा कान्छो सन्तान सानो भएकै कारणले उसको हेरचाहमा अभिभावक बढि केन्द्रित हुदा उसप्रती बढि माया गएको देखिन्छ ।

कतिपय जेठो माइलो वा कान्छो अघिका सन्तान आफ्ना अभिभावकबाट कम माया पाएको गुनसो गर्छन् । कतिपय अवस्थामा यही भावनाले दाजुभाई र दिदीबहिनीबीच मनमुटाव समेत हुन्छ । तर अभिभावकले गर्ने मायाको मापन गर्न नसकिने भएकाले उनीहरुको प्रेमको तुलना गर्नु असम्भव झै हुन्छ ।