२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ?



अ+ अ-

काठमाडौं । नेपालले कतारका अमिर अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती तत्काल नजाने भएका छन् ।

कतारका अमिरलाई उपहार स्वरुप दिन भनेर चितवनमा दुई वटा हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई तयारी अवस्थामा राखिएको थियो ।

कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद तत्काल कतार नजाने भएका हुन् ।
कतार पठाउनका लागि नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि कतारका तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका अमिरसँगै ती हात्ती नपठाइएको हो ।

नेपाल र कतारबीच भएको दुई पक्षीय सहमतिमा पनि हात्ती उपहारको एजेन्डा राखिएको थिएन । कतारबाट प्रक्रिया पूरा हुन बाँकी रहेकाले दुई पक्षीय सहमतिमा यो विषय नसमेटिएको हो ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ ।

वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन ।