
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज डबल हेडर खेल हुँदैछन् । आजको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ ।
कोलकाताको इडेन गार्डेन स्टेडियममा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आरसीबीमा तीन परिवर्तन भएका छन् । मोहम्मद सिराज, क्यामरुन ग्रीन र कर्ण शर्मा फर्किएका छन् । केकेआरमा कुनै परिवर्तन भएको छैन ।