९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घरबाहिर गोली चल्दा डराए सलमान खान ! बुबा सलिम अर्को ठाउँमा सर्ने तयारीमा



अ+ अ-

एजेन्सी । आइतबार बिहान करिब ५ बजे बलिउड सुपरस्टार सलमान खानको घर बाहिर गोली चलेको थियो । बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर दुई अपरिचित व्यक्ति फरार भएका छन् ।

यो घटनापछि मुम्बई पुलिस र अपराध शाखा तुरुन्तै सुपरस्टारको घर पुगेर अनुसन्धान थाले । सुपरस्टारको घरबाहिर गोली प्रहार भएपछि चारैतिर हलचल मच्चिएको छ । सलमानका फ्यान पनि निकै चिन्तित छन् ।

यी सबैको बीचमा अहिले सलमान खानको प्रतिक्रिया आएको छ । घरबाहिर गोली चल्दा सलमान निकै डराएका छन् । जुम टिभीको कुराकानीको क्रममा खान परिवारको नजिकको स्रोतले भने, ुसलमान खान आफ्नो परिवारको बारेमा चिन्तित छन् । उनलाई आफ्नो जीवनको कुनै चिन्ता छैन । तर उनी आफ्नो परिवारको ज्यान जोखिममा पार्न सक्दैनन् ।

एक नजिकको स्रोतले भने, ‘सलमान खानले यतिबेला आफूलाई शान्त बनाएका छन् । खान परिवारका सबैजना भित्रबाट नर्भस छन् तर कसैले पनि अनुहारमा देखाउन दिँदैनन् । सबैजना साहसका साथ एक अर्काको साथमा उभिएका छन् । तर सलीम खानलाई ज्यान मार्ने धम्की आएको दिनदेखि नै निद्रा नलागेको कुरा सबैलाई थाहा छ । अब उनले ग्यालेक्सी अपार्टमेन्ट छोड्ने निर्णय गरेका छन् । उनीहरु अहिले राम्रो र सुरक्षित स्थानमा सर्ने योजनामा ​​छन् ।

अहिले फोरेन्सिक टीम र मुम्बई पुलिस यस केसको अनुसन्धानमा जुटेका छन् । यो घटनापछि सम्पूर्ण क्षेत्रको सुरक्षा बढाइएको छ । आक्रमणकारीले गोली चलाएको सिसिटिभी फुटेज पनि बाहिर आएको छ । सलमान खानलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको छ ।