१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एलिएन जस्तो देखिन यी युवकले नाक, ओठ र जिब्रो काटे !!



अ+ अ-

एजेन्सी । फ्रान्सका ३२ वर्षका एन्थोनी लोफ्रेडोले आफ्नो शरीरलाई पूर्ण रुपमा रुपान्तरण गरेका छन्। उनले बाहिरी संसारका काल्पनिक मानिस ‘ब्ल्याक एलिएन’ जस्तै देखिन शरीरभर ट्याटु खोपेका छन्। उनले आफ्नो नाक, ओठ र जिब्रो पनि काटेको द मिररले जनाएको छ। तर यतिबेला उनी राम्रोसँग बोल्न सक्दैनन्।

फ्रान्समा नाक, ओठ र जिब्रोलाई काटेर सर्जरी गर्न वैधानिक मानिदैन त्यसकारण उनले आफ्नो शरीरमा बदलाव ल्याउन स्पेनमा सर्जरी गराएका हुन्। जिब्रोलाई दुईटा देखिन जिब्रो काटेका उनले पछिल्लो समय ओठको माथिल्लो भाग र नाकलाई हटाएका हुन्।

तर यतिबेला उनले आफूले राम्रोसँग बोल्न नसकेको गुनासो गरिरहेका छन्। उनको असामान्य रुपकै कारण उनको सामाजिक संजालमा लाखौं फलोवरहरु छन्। आफूलाई डरलाग्दो पात्रको रुप मनपर्ने उनको भनाइ छ।