२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा कोरोना संक्रमण दर नियन्त्रणभित्र कि अझै नियन्त्रणबाहिर नै ?



अ+ अ-

काठमाडौं । नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।  

बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन्।  

एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन। डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ। नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।