काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् ।
आईतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।
महालेखा परीक्षक टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त थियो ।
हाल राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन् ।