७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन



अ+ अ-

फिक्कल । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उहाँले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो । “तपाईंहरु कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोला, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुहोला, कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन पर्दैन”, उहाँले भन्नुभयो, “तपाईंहरुको अबको प्रगति विवरण कागजमा होइन, तथ्याङ्कमा आउनुप¥यो ।”

सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिनुभयो । उहाँले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “तपाईहरुले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लामिछानेले आफूहरु जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने, मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्षरुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आउनुभएको हो । रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उहाँ आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुग्नुभएको थियो । रासस