२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै



अ+ अ-

एजेन्सी । भारतमा २०२४ को लोकसभा चुनावका लागि उम्मेदवारी मनोनयनका क्रममा धेरै यस्ता उम्मेदवारहरू अगाडि आए जो चुनावमा हारेर पनि हिम्मत हारेनन् । तमिलनाडुको मेत्तुरमा बस्ने एक उम्मेदवारले चुनावमा एक वा दुई पटक होइन २३८ पटक पराजय भोग्नु परेको थियो तर उनी अझै पछि हट्न तयार छैनन् ।

उनी आगामी लोकसभा चुनावमा फेरि एकपटक चुनाव लड्ने तयारीमा छन् । २३८ पटक चुनाव हारे पनि उम्मेदवार के पद्माराजन आगामी लोकसभा चुनाव लड्ने तयारीमा व्यस्त छन् र उनलाई वास्ता छैन ।

के पद्मराजन ६५ वर्षका छन् र टायर पसल चलाउँछन् । उनले सन् १९८८ मा तमिलनाडुको आफ्नो गृहनगर मेत्तुरबाट चुनाव लड्न थालेका थिए ।

उनलाई चुनाव लडेको देखेर मानिसहरु हाँस्ने गर्थे तर उनी भन्छन्, ‘सामान्यले पनि चुनाव लड्न सक्छ भन्ने प्रमाणित गर्न चाहन्छु । सबै उम्मेदवारहरू जित्न चाहन्छन् । तर म होइन ।’ काँधमा चम्किलो सल र बाक्लो जुँगा लगाएर श्री पद्मराजनले भने । उनको लागि चुनावमा भाग लिनु नै वास्तविक जित हो र जब उनलाई आफ्नो हार थाहा हुन्छ तब हारेर पनि उनी खुसी हुन्छन् ।

मोदी–राहुलसँग पनि हारेका छन् पद्मराजन

यस वर्षको अप्रिल १९ देखि सुरु हुने साढे छ हप्ता लामो आम चुनावमा उनी तमिलनाडुको धर्मपुरी जिल्लाको लोकसभा सीटबाट चुनाव लड्दै छन् । इलेक्शन किंग भनेर चिनिने के पद्माराजनले राष्ट्रपतिदेखि स्थानीय चुनावसम्म देशभर विभिन्न किसिमका चुनाव लडेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह र कांग्रेस पार्टीका नेता राहुल गान्धीबाट समेत हार बेहोरेका छन् ।

अब पद्माराजनको मुख्य लक्ष्य चुनाव हार्ने आफ्नो सिलसिला जारी राख्नु हो । यो उनका लागि सहज भएको छैन । पछिल्लो ३० वर्षमा भर्ना शुल्कमा हजारौं रुपैयाँ खर्च गरेको उनको अनुमान छ । यसमा उनको अन्तिम प्रयासको लागि जम्मा गरिएको २५ हजारको जमानत पनि समावेश छ, जुन उनले १६ प्रतिशत भन्दा बढी मत प्राप्त गर्न असमर्थ भएमा फिर्ता पाउने छैनन् ।