१९ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुधबार युके पाउण्डको भाउ बढेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २३  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ । एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९३ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ८ पैसा तोकिएको छ ।