काठमाडौं । नेकपा नेपाल-दाहल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले प्रक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ताको तयारी भइरहेको छ ।
बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीलगायतका कानून व्यवसायीहरु रिट निबेदन तयारीका लागि जुटेका छन् । अधिबक्ता बन्दीले न्यूजपोलारसँग भन्नुभयो प्रहरीले भर्खर पक्राउ गरेको छ, हामी रिटको तयारी गर्दैछौ । सकेसम्म आजै रिट दर्ता गर्ने प्रयास हुने छ ।
राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।
आरोप प्रमाणित भएमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख गरिएको छ ।