९ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक योर्करले १७ वर्षका युवा बलरको जीवन बदलियो, बलिङ हेरेर धोनी समेत बने फ्यान



अ+ अ-

एजेन्सी । भनिन्छ मिहिनेत गरिरहनुहोस्, किनकि भाग्य कहिले र कसरी बदलिन्छ कसैलाई थाहा छैन । श्रीलंकाका १७ वर्षीय युवा बलरको भाग्यले यस्तो मोड लिएको छ । घरेलु क्रिकेटमा आफ्नो स्थान खोजिरहेका बलरको योर्कर बलले उनको करियरमा नयाँ उडान भरेको छ ।

१७ वर्षीय बलरको एउटा भिडियो सामाजिक सञ्जालमा यति लोकप्रिय भयो कि महेन्द्र सिंह धोनी समेत उनका फ्यान बने । माहीले यी युवा बलरलाई श्रीलंकाबाट भारत बोलाए र अब उनले चेन्नई सुपर किंग्सको नेटमा आफ्नो क्षमता देखाउनेछन् ।

वास्तवमा, श्रीलंकाका यी १७ वर्षीय युवा फास्ट बलरको नाम कुलादास माथुलन हो । कुलादासको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, जसमा उनले ब्याट्सम्यानलाई आफ्नो घातक योर्करले आफ्नो निशाना बनाए । कुलादासको हातबाट निस्केको बल यति शक्तिशाली थियो कि ब्याट्सम्यानले सन्तुलन गुमाएर भुइँमा लडे । बलको गति धेरै थियो र बल ब्याट्सम्यानलाई छलेर मिडल स्टम्पतिर उड्यो ।

कूलदासको यो बल एमएस धोनीलाई पनि मन पर्यो । यही कारणले गर्दा धोनीले उनलाई श्रीलंकाबाट भारत बोलाए र अब उनले चेन्नई सुपर किंग्सको टोलीमा नेट बलरको रूपमा आफ्नो प्रतिभा देखाउनेछन् । कुल दासको विशेष कुरा यो हो कि उनको एक्सन ठ्याक्कै लसिथ मालिंगा जस्तै छ । यससँगै जुन बलको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, त्यही बल मालिंगाले आफ्नो करियरमा थ्रो गरेका थिए ।

कुलादास माथुलनले अब एमएस धोनीको सुपरिवेक्षणमा आफ्नो बलिङमा काम गर्नेछन् । यदि कुलदास माहीलाई नेट बलरको रूपमा प्रभाव पार्न सफल भए भने श्रीलंकाका युवा बलरले चेन्नई सुपर किंग्सको टोलीमा पनि प्रवेश पाउन सक्छन् । माहीको विशेष कुरा यो हो कि उनलाई युवा खेलाडीमा लुकेको प्रतिभा कसरी चिन्न सकिन्छ भन्ने थाहा छ ।