२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डिजेल, पेट्रोलको मूल्य घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल÷मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः रु १.२२ र रु २.०६ ले घटेर आएको निगमले जनाएको छ ।