२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कापछि हत्या घटना हुँदैन थियो कि’,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’

अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए । डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।