२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देश सोचेको जस्तो सहज स्थिति छैन: नेता सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश सामान्य हिसावले सोचेको जस्तो नरहेको बताउनु भयो । उहाँले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हीतका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्युलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईलाई पनि र प्रधानमन्त्रीज्युलाई पनि देश तपाईं हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’

उहाँले श्रमीकका समस्या समग्र रुपमा समधान गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताउनु भयो ।