२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक पर्ने



अ+ अ-

काठमाडौं । मलेसियामा कार्यरत नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजना (सोक्सो)मा आबद्ध हुने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा सरकारले मलेसियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी त्यो समझदारीपत्रमा हस्ताक्षर गर्न अधिकार दिने निर्णय गरेसँगै मलेसियामा रहेका श्रमिकलाई उक्त योजनामा सहभागी हुने बाटो खुलेको हो ।

सरकारले स्वीकृति दिएसँगै मलेसियाको सामाजिक सुरक्षा सङ्गठन (सोक्सो) र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित गर्न सम्झौता हुनेछ । मलेसिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजनालाई प्राथमिकता दिएपछि बोर्डले सम्झौताका लागि पहल गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले समझदारी स्वीकृत गरी सम्झौता गर्न मन्त्रिपरिषद् सहमति भएसँगै उक्त समझदारी गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए । मलेसिया सरकारले इन्डोनेसिया र पाकिस्तानसँग उक्त कार्यक्रममा आफ्ना श्रमिकलाई आबद्ध गराउन समझदारी गरिसकेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।