१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जब पहिलो अडिसन दिनका लागि अनुपम खेरले मन्दिरबाट १०० रुपैया चोरे



अ+ अ-

एजेन्सी । शिमलाको काँपिरहेको चिसोमा रातको करिब ९ बजेको थियो, सबैजना रेडियोमा आकाशवाणी कार्यक्रमको प्रतिक्षामा थिए ।

कार्यक्रम सुरु हुनेबित्तिकै घोषणा आयो, आकाशवाणी सुन्दै हुनुहुन्छ, यसैबीच लेडी रिडिङ अस्पतालको प्रसूति कक्षमा बच्चा रोएको आवाज सुनियो ।

दुलारी खेरले त्यही कोठामा छोरालाई जन्म दिइन् । केही समयपछि वन विभागमा लिपिकको रूपमा काम गर्ने पुष्करनाथ खेर श्रीमतीको अवस्था सोध्न कोठामा आए र पछाडिबाट नर्स भित्र पसिन् । बच्चाको अनुहार देखेर आमाका आँखा रसाए । यसैबीच नजिकै उभिएकी नर्सले उनलाई अङ्ग्रेजीमा सोधिन्, मिसेस खेर, के यो तिम्रो पहिलो सन्तान हो ? मिसेस खेरलाई अंग्रेजी थाहा थिएन त्यसैले जवाफको लागि श्रीमान्तिर हेर्न थालिन् ।

श्रीमानले अडिग भएर जवाफ दिए, हो, तर किन ?

त्यसपछि नर्सले श्रीमती खेरलाई हेरेर अंग्रेजीमा भनिन्, मिसेस खेर, तपाई भर्खर १९ वर्षको हुनुहुन्छ, तपाईका धेरै बच्चाहरू हुनेछन् ।

श्रीमती खेरले त्यसपछि आफ्नो श्रीमानलाई हेरिन् र उनले जवाफ दिइन्, हो, तर किन ?

त्यसपछि नर्सले भनिन्, मिसेस खेर, मेरो कुनै सन्तान छैन, के म तपाईको छोरालाई धर्मपुत्र लिन सक्छु ?

अङ्ग्रेजी नर्सको कुरा सुनेर मिस्टर र मिसेस खेर छक्क परे तर बच्चालाई दिएनन् । यो घटनाको वर्षौंपछि आज यो बालक अनुपम खेरको नामले देशभर चिनिन्छ । उनले आफैंले यो कथा धेरै गर्वका साथ सुनाए र भने कि म जन्मेको केही मिनेटमै मागमा परेको थिएँ ।

आज अनुपम खेर ६९ वर्षका भएका छन् । उनको जीवनमा यस्ता थुप्रै किस्साहरु छन् । तर, उनको जन्मदिनमा विशेष किस्साबारे यहाँ चर्चा गरौं ।

कलेजको समयमा अनुपमले चण्डीगढ विश्वविद्यालयमा थिएटर कोटाका लागि आवेदन दिएका थिए । चण्डीगढ युनिभर्सिटीमा अडिसनका लागि बोलाइँदा उनी भर्खरै आफ्नो स्नातक पूरा गर्दै थिए ।

फोन आयो तर यसका लागि उनले चण्डीगढ गएर अडिसन दिनुपर्‍यो । उनीसँग न त चण्डीगढ जाने पैसा थियो न त गरिब बुबासँग माग गर्ने हिम्मत । अनुपम खेरले संसद टिभीलाई दिएको अन्तर्वार्तामा टिकटका लागि पैसा जम्मा गरेको कथा सुनाए ।

एक दिन पैसाको जुगाडका लागि अनुपम घरनजिकैको मन्दिर गए । उनको आमाले त्यो मन्दिरमा हरेक दिन ४८ रुपैयाँ राख्थिन्, जसका कारण एक वर्षमा १०८ रुपैयाँ जम्मा हुन्थ्यो । अनुपमले त्यहाँबाट १०० रुपैयाँ चोरेर ८ रुपैयाँ मन्दिरमै छोडे ।

अनुपमले आफु साथीहरुसँग पिकनिकमा जान लागेको र साँझ फर्किने परिवारलाई बताए । बिहान बस चढेर चण्डीगढमा अडिसन दिएर साँझ घर फर्के ।

घर पुगेपछि घरमा कोलाहल मच्चिएको देखे । प्रहरीमा सय रुपैयाँ चोरीको उजुरी परेपछि घरमा प्रहरीको भीड लागेको थियो ।

यो घटनाको दुई दिनपछि अनुपमका बुवा आएर सोधे( चोरी भएको दिन कहाँ गएका थिए ?

अनुपम आफ्नो बुबाको कडाईका कारण डराए र सबै सत्य सुनाए र भने – म अभिनेता बन्नको लागि अन्तर्वार्ता दिन चण्डीगढ गएको थिएँ ।

उनको कुरा सुनेर कोठामा सन्नाटा छायो । यसैबीच आमाले सोधिन्– पैसा कहाँबाट ल्यायौ ?

अनुपमले भने( मैले मन्दिरबाट चोरी गरें, आमाले केही नबोली कडा थप्पड हानिन् ।

सबैजना रिसाए, यसैबीच बुबा पनि उनीतिर आउन थाले, अनुपम झनै डराए ।

यो देखेर अनुपमले बिन्ती गर्न थाले र भने–मलाई माफ गरिदिनु, म अभिनेता बन्ने छैन, म चुपचाप वन विभागमा क्लर्क बन्नेछु । मैले गल्ती गरेको छु ।

बुवाले चर्को स्वरमा भने – चुप लाग। तिम्रो चयन भयो । उनले आफ्नो हातमा रहेको चिठी अनुपमलाई देखाए ।

आमाले पछाडीबाट रिसाउदै भनिन् – मेरो १०० रुपैयाको के हुन्छ ?

बुबाले जवाफ दिए – १०० रुपैयाँ स्टाइपेन्ड पाउनेछ, जसमध्ये १०० रुपैयाँ तीमि राख ।

यसरी २७ जुलाई १९७४ मा अनुपम खेर शिमला छोडेर चण्डीगढ आए र थिएटर विभागमा भर्ना भए ।