२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अब प्रदेशसभा विघटनको पालो आएको हो ?



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको आरोप लगाए ।

‘संसदीय अभ्यासमा दलको विधान नमान्ने कहीँ हुन्छ ?,’ उनले भने, ‘जबर्जस्ती कब्जा गर्ने, भत्काउने, भाँडभैलो गर्ने काम भइरहेको प्रदेशसभाको औचित्य समाप्त भएर भंग नहोला भन्न सकिँदैन ।’ आफू राम्रो थिति बसाएर संघीयताको रक्षा र कार्यान्वयन गर्ने पक्षमा रहेकाले प्रदेशसभा भंग गर्ने कुनै मनसाय नरहेको तर भाँडभैलो मचाएर गलत मनसायका साथ जबर्जस्ती कब्जा गर्न खोजियो भने प्रदेशसभा भंग हुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

भंगको अवस्थामा पुग्यो भने सबै प्रदेशसभा भंग हुने उनले बताए । दलका सदस्य विधान कुल्चेर, विधानविपरीत दल र दलको नेतालाई जानकारी नदिइ प्रस्ताव लैजान पाउने व्यवस्था नेकपा संसदीइ दलको विधानमा नभएको भन्दै राईले सडकमा टाको गनेर मान्यता दिन नसकिने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।