२६ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन



अ+ अ-

मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो ।

रातो माटोका कारण सडक चिप्लो हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक साजनकुमार शर्माले राससलाई बताउनुभयो ।

बाटो अवरुद्ध भएपछि दाउन्ने सडक खण्ड अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सयाँै यात्री एवं सवारी बीच बाटोमा नै अलपत्र परेका छन् । सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड आइतबारको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस